एनएसबीका गतिविधिहरू

एनएसबीले गर्ने मुख्य तीन गतिविधिहरू

सामाजिक जागरण
जनचेतना अभिवृद्धि हामीले गर्ने कामहरूमध्ये महत्वपूर्ण काम हो । नेपालमा सोसियल बिजनेस अभियान सञ्चालन गर्ने उद्देश्यहरूमध्ये जनचेतना अभिवृद्धि यसको पहिलो खुड्किलो हो । हामीले विद्यालय तथा विश्वविद्यालयहरूमा नियमितरूपले सेमिनार तथा छलफल कार्यक्रम सञ्चालन गर्नुका अतिरिक्त स्थानीय प्रकाशन तथा प्रसारण माध्यमसँग सहकार्य गरी जनचेतना अभिवृद्धिका काम गर्दछौँ । सोसियल बिजनेसबारे नेपाली पाठ्य सामग्री, सूचना सामग्री एवं निर्देशिका बनाउने तथा सोसियल बिजनेस र सामाजिक उद्यमशीलताबारे अन्य भाषामा लेखिएका कितावहरूलाई अनुवाद गरेर पनि हामीले प्रकाशन गर्दै आएका छौँ ।
युवाहरूले व्यवहारिक काम गर्ने वातावरण बन्ने हो भने जहाँकहीँ भन्दा राम्रो काम गर्ने सीप प्राप्त गर्न सक्छन् भन्ने हाम्रो विश्वास छ । त्यसैले उनीहरूलाई बेलाबेलामा इन्टर्नसिप तथा फेलोसिप एवं एनएसबीले सम्वद्र्धन गर्ने सोसियल बिजनेसको अवसर प्रदान गरिँदै आएको छ । यसो गर्दा क्याम्पस तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले दैनिक जीवनका वास्तविकता भन्दा अरू बढी बुझ्ने मौका पाउँछन् र उनीहरूले प्राप्त गरेको ज्ञान परियोजनाका लागि नवीनतम सिकाइ हुन सक्दछ ।

सम्वद्र्धन (इन्क्युबेसन)
सम्वद्र्धन भन्नाले उद्यमीहरू उत्पादन गर्ने प्रक्रिया बुझिन्छ । नेपालमा ठूलो सोसियल बिजनेस समुदाय स्थापना गर्नका लागि यो अति नै महत्वपूर्ण हुन सक्दछ । सम्वद्र्धन अवधिमा हामी गैर व्यवसायिक व्यक्ति तथा समूहलाई सोसियल बिजनेस विज्ञ बनाउने प्रयास गर्दछौँ । व्यवसाय गर्न चाहने आकांक्षीहरूलाई हामी विविध व्यापार सीपबारे तालिम दिनुका साथै उनीहरूको व्यापार मोडेलमा सामाजिक सवालहरूलाई प्रक्रियागत रूपले नै समेट्ने परिपाटीको विकास गर्दछौँ । वास्तवमा सम्वद्र्धन भनेको तालिम, मेन्टरिङ र विज्ञ परामर्श कक्षाको एकीकृत संरचना हो ।
परियोजनाको परिकल्पना अवधिदेखि मुनाफामा जाने अन्तिम अवस्थासम्म परियोजना सदस्यद्वारा मेन्टरिङ गरिन्छ । परियोजना सदस्यले परियोजनासँग सम्बन्धित उद्यमीहरूसँग निकटतम सम्बन्ध कायम गरी प्रभावकारी र दिगोरूपमा सोसियल बिजनेस गर्ने उत्तम उपायतर्फ उनीहरूलाई मार्गदर्शन गर्दछन् ।
परियोजनाका लागि आवश्यक प्राविधिक सहयोग विज्ञहरूसँगबाट लिइन्छ । परियोजनाको आवश्यकता अनुसार विज्ञहरूद्वारा स्थान विशेषमा एक एक गरी तालिम तथा परामर्श कक्षा पनि सञ्चालन गरिन्छ । तालिमको चरणमा थुपै्र विज्ञहरूको परामर्श लिइन्छ र आवश्यक परेका खण्डमा व्यक्तिगत रूपमा तथा स्काइप, टेलिफोन अथवा इन्टरनेटका माध्यमबाट पनि परामर्श दिइन्छ ।
प्रशिक्षणमार्फत् उद्यमीहरूलाई मझौला प्रकृतिको व्यापार सञ्चालन गर्नका लागि विविध सामान्य तथा गहन सीप प्रदान गरिन्छ । तालिमका विषयलाई विभिन्न रूपमा वर्गीकरण गरी चरणबद्धरुपमा प्रशिक्षण दिइन्छ ।

लगानी
उद्यमीलाई व्यवसाय सुरू गर्न सहयोग पु¥याउन नेपाल सोसियल बिजनेसले सुरूमा आवश्यक मुल लगानी सहयोग गर्दछ । त्यही भएको हुनाले नै छनोट भएका व्यापार अवधारणालाई मात्र लगानी सहयोग गरिन्छ । प्रशासनिक तथा जनचेतना अभिवृद्धिका लागि खर्च गर्न चौधरी फाउण्डेसन आफैले वार्षिक एक लाख अमेरिकी डलर छुट्याएको छ । आगामी दिनमा विभिन्न सोसियल बिजनेस सञ्चालनका लागि लायन्स क्लब इन्टरनेशनल फाउण्डेसन र लायन्स क्लब नेपालसँग मिलेर करिव ६० लाख अमेरिकी डलर लगानी गर्ने हाम्रो उद्देश्य छ ।
नेपाल सोसियल बिजनेसले उद्यमीलाई व्यवसाय सञ्चालन गर्नका लागि बिना व्याज तथा बिना धितो मूल लगानी उपलव्ध गराउँछ । व्यवसायको प्रकृति अनुसार लगानी गरिने रकम र लगानी फिर्ता गर्नुपर्ने समयावधि भने फरक पर्न सक्दछ । पारविन्दुमा पुगेपछि उद्यमीले मूल लगानी भने फिर्ता गर्नुपर्छ ताकि उक्त रकम अर्को कुनै सोसियल बिजनेस सञ्चालनका लागि पुनः लगानी गर्न सकियोस् । उद्यमीले फिर्ता गरेको रकम हामीले अर्को कुनै सोसियल बिजनेस सञ्चालन गर्नका लागि पुनः लगानी गर्दछौँ ।
हामीले गरेको मूल लगानी फिर्ता गरेपछि सोही क्षेत्रमा अर्को कुनै सोसियल बिजनेस सञ्चालनका लागि लगानी गर्नु नेपाल सोसियल बिजनेसद्वारा सहायता प्राप्त सोसियल बिजनेसको दायित्व हुनेछ ।

 

Exception thrown

Template 'templates/form/web/widgets/#type.html' not found !