बारम्बार सोधिने प्रश्नहरु

आवेदकका लागि आवश्यक योग्यता

सोसियल बिजनेसद्वारा आफ्नो समुदायमा बढ्दै गएका सामाजिक समस्याहरूको सम्बोधन गर्ने दृढ इच्छाशक्ति र चाहना भएका जोसुकैले पनि आवेदन दिन सक्नेछन् । आवेदक लेख्न र पढ्न सक्षम भने हुनुपर्दछ र प्रवेशिका परीक्षा उत्तीर्ण व्यक्तिलाई प्राथमिकता दिइनेछ । उमेर र जात विशेषका आधारमा कुनै बन्देज गरिने छैन ।

आवेदन प्रक्रिया

सम्बन्धित क्षेत्र तथा जिल्लामा स्थानीय सञ्चार माध्यममार्फत् आवेदनका लागि आह्वान गरिनेछ । आवेदन प्रक्रिया निम्नानुसार हुनेछ ।

  • आवेदन आह्वान
  • प्राप्त आवेदनको प्रारम्भिक छनौट
  • सामाजिक प्रभाव मूल्यांंकन समितिमार्फत् पूर्व परीक्षण
  • सम्वद्र्धन समितिद्वारा अन्तर्वार्ता
  • छनोट भएका आवेदनको घोषणा (१५ देखि ३० दिनभित्र)
  • सम्वद्र्धन सम्झौतामा हस्ताक्षर
  • तालिम सञ्चालन, कोचिङ र मेन्टरिङ
  • सम्वद्र्धन चरणपश्चात सामाजिक प्रभाव मूल्यांकन समितिमा प्रस्तुतीकरण
  • उद्यमीलाई लगानी समितिमा प्रस्तुत गर्ने
  • छनोट भएका परियोजनाको घोषणा
  • लगानी सम्झौतामा हस्ताक्षर
  • परियोजना÷व्यापार सुरू

 

Exception thrown

Template 'templates/form/web/widgets/#type.html' not found !