(English) Vacancy Announcement for Local Coordinator

 सोसियल बिजनेसको प्रवद्र्धनमा कार्यरत संस्थाहरु सञ्जाल गठनको तयारीमा

काठमाडौं, १९ चैत ।

S

नेपालमा सोसियल बिजनेस प्रवद्र्धनमा कार्यरत संस्थाहरुको सञ्जाल गठनको पहल सुरु भएको छ । 

यस क्रममा सिद्धार्थ इंकको संयोजनमा गत चैत १९ गते सोसियल बिजनेसमा कुनै न कुनै रुपले आवद्ध समान उद्देश्यसहित कार्यरत संस्थाहरुको बैठक सम्पन्न भयो । २५ भन्दा बढी विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रमका सहभागीहरुले सोसियल बिजनेसको प्रवद्र्धन तथा विस्तारका लागि आफ्नो तर्फबाट के गर्न सकिन्छ भन्नेबारे व्यक्तिगत रुपमा राय व्यक्त गरेका थिए । निकट भविष्यमा गठन गर्न लागिएको सञ्जालको सञ्चालन तथा व्यवस्थापन के कसरी गर्ने भन्नेबारे पनि कार्यक्रममा छलफल भएको थियो । नेपालमा सोसियल बिजनेसबारेका कानुनीलगायतका विभिन्न जटिलताको समाधान एवम् सोसियल बिजनेसबारे समान धारणा बनाउनका लागि सञ्जालको अपरिहार्यता रहेको कुरामा सहभागीले जोड दिएका थिए ।
सो क्रममा नेपाल सोसियल बिजनेसका प्रमुख कार्यकारी अधिकृत निर्वाण चौधरीले आफ्नो संस्थाले सन् २०२० भित्रमा उद्यमीहरुलाई सम्वद्र्धन गरी नेपालमा करिब पाँच सय सोसियल बिजनेस सञ्चालनका लागि सहयोग पु¥याउने लक्ष्य लिइएको बताउँदै उक्त प्रयासमा आफूले गर्न सक्ने सहयोगबारे कार्यक्रमका सहभागीको धारणा माग गर्नुभएको थियो । नेपाल सोसियल बिजनेसकै प्रमुख सञ्चालन अधिकृत मेरिना रञ्जितले नेपालमा सोसियल बिजनेस प्रवद्र्धनका लागि आफ्नो संस्थाले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो ।
सिद्धार्थ इंकका प्रमुख कार्यकारी अधिकृत टम मार्शलको संयोजकत्वमा भएको उक्त कार्यक्रमको सहजीकरण सोही संस्थाका अध्यक्ष अनिल चित्रकारले गर्नुभएको थियो । कार्यक्रममा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको पनि उपस्थिति थियो ।
उपस्थित सहभागीहरुलाई सञ्जाल गठनबारेका जिज्ञासासहितको प्रश्नावली भर्न दिइएको र भरेका सवै प्रश्नावली फिर्ता आइसकेपछि निकट भविष्यमा नै सञ्जाल गठन गरी आगामी कार्यदिशा तय गरिने सिद्धार्थ इंकले जनाएको छ ।

 

 

 

सोसियल बिजनेस प्रवद्र्धनमा एनएसबी र प्रतिष्ठानबीच सहकार्य गर्ने समझदारी

काठमाडौं, ३ फागुन । नेपाल सोसियल बिजनेस र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानबीच नेपालमा सोसियल बिजनेस प्रवद्र्धनका लागि सहकार्य गर्ने सहमति भएको छ । आइतबार चौधरी ग्रुपको मुख्य कार्यालय सानेपामा आयोजित औपचारिक समारोहमा यी दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा सीजी नेपाल सोसियल बिजनेसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्वाण चौधरी र प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक लक्ष्मण भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।

S

कार्यक्रममा बोल्दै सीजी एनएसबीका प्रमुख कार्यकारी अधिकृत चौधरीले यो सहकार्य नेपालमा सोसियल बिजनेस प्रवद्र्धनका लागि महत्वपूर्ण उपलव्धि हुने विश्वास व्यक्त गर्दै सहकार्यका लागि प्रतिष्ठानलाई धन्यवाद दिनुभयो । यो सहकार्यबाट नेपालमा सोसियल बिजनेस प्रवद्र्धनका लागि आफूहरुले गरेको पहललाई सार्थक बनाउन सहयोग पुग्ने महसुस भएको उहाँको भनाइ थियो । प्रतिष्ठानका कार्यकारी निर्देशक भट्टराईले चौधरी ग्रुपजस्तो विश्वविख्यात समूहले अगाडि बढाइरहेको सोसियल बिजनेस प्रवद्र्धनमा सहकार्य गर्न पाएकोमा खुसी लागेको बताउनुभयो । यो कार्यक्रमबाट लगानीको जोहो गर्न नसकेका नयाँ उद्यमी सिर्जना भई सामाजिक आवश्यकता परिपूर्ति गर्नमा सहयोगीसिद्ध हुने धारणा उहाँले व्यक्त गर्नुभयो । त्यस्तै लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ नेपालका पास्ट डिस्ट्रिक्ट गभर्नर राजन लम्सालले एनएसबीसँग गरेको सहकार्यबाट लायन्स क्लब इन्टरनेशनल फाउण्डेसन सन्तुष्ट भएको भन्दै प्रतिष्ठानसँगको सहकार्यले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।
यसअघि नै सन् २०१४ को जुलाईमा सीजी नेपाल सोसियल बिजनेस र लायन्स क्लब इन्टरनेशनल फाउण्डेसन मिलेर नेपाल सोसियल बिजनेस स्थापना गरी नेपालमा सोसियल बिजनेसको प्रवद्र्धन गर्ने उद्देश्यसहित सामाजिक जागरण, सम्वद्र्धन र लगानीका गतिविधि सञ्चालन भइरहेका छन् । जसअन्तर्गत नेपाल सोसियल बिजनेसले जुम्लामा चार ओटा नमुना परियोजना छनोट गरिसकेको छ भने मध्यपश्चिमाञ्चल तथा सुदूर पश्चिमाञ्चलमा सोसियल बिजनेसका थप परियोजनाको विस्तार प्रक्रिया अगाडि बढिरहेको छ ।
यो सहकार्यपछि प्रतिष्ठानले विशेषतः नेपाल सोसियल बिजनेसले सञ्चालन गर्ने सम्वद्र्धन (इन्क्युबेसन) को प्रक्रियामा सघाउनेछ । प्रतिष्ठान राष्ट्रियस्तरको उद्यमशीलतासम्बन्धी तालिम प्रदायक स्वायत्त संस्था भएकाले सम्वद्र्धन चरणअन्तर्गत सञ्चालन हुने तालिमका लागि पाठ्यक्रम निर्माण, दक्ष प्रशिक्षक तथा विज्ञ परामर्श सेवा उपलव्ध गराउने, सम्वद्र्धन चरणपूर्व गरिने सामाजिक जागरणका गतिविधिमासहयोग गर्ने, काठमाडौंसहित आफ्ना शाखा कार्यालय भएका सहरहरु नारायणगढ, पोखरा र नेपालगञ्ज नजिकका एक÷एक ओटा परियोजनाको मेन्टरिङ गर्ने, परियोजनाका अन्य मेन्टरलाई समेत आवश्यक सहयोग गर्ने तथा प्रतिष्ठानका कार्यालयलाई नेपाल सोसियल बिजनेसको क्षेत्रीय सूचना केन्द्रका रुपमा समेत उपयोग गर्न सकिने समझदारीपत्रमा उल्लेख छ । यस बाहेक प्रतिष्ठानबाट यसअघि नै तालिम प्राप्त सम्भावित उद्यमीलाई सोसियल बिजनेस सञ्चालनका लागि सिफारिस गर्ने, उपलव्ध विज्ञ सूची एनएसबीलाई उपलव्ध गराउने, व्यवसाय विकासबारे उद्यमीलाई प्रदान गर्ने नियमित तालिममा समेत सोसियल बिजनेसबारे प्रशिक्षण दिने सहमति भएको छ ।
चौधरी ग्रुपले संस्थागत साामाजिक उत्तरदायित्वको महत्वपूर्ण अङ्गका रुपमा चौधरी फाउण्डेसनमार्फत् विभिन्न लोककल्याणकारी काम गर्दै आएको छ भने प्रतिष्ठानले पनि व्यवसायी तथा व्यवसाय गर्न इच्छुक व्यक्तिहरुलाई तालिम दिई व्यवसाय विकास तथा साना व्यापारको व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Exception thrown

Template 'templates/form/web/widgets/#type.html' not found !