हाम्रोबारे

नेपाल सोसियल बिजनेस (एनएसबी) के हो ?

नेपाल सोसियल बिजनेस (एनएसबी) हाम्रो देश नेपालले भोग्दै आएका सामाजिक सवालहरूलाई सोसियल बिजनेसमार्फत् सम्बोधन गर्नका लागि चौधरी ग्रुप नेपाल सोसियल बिजनेस (सीजी एनएसबी) र लायन्स क्लब इन्टरनेशनल फाउण्डेसन (एलसीआईएफ) को संयुक्त अभियान हो । हाल आएर उद्यमशीलता विकासका लागि राष्ट्रिय स्तरको स्वायत्त संस्था औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँग समझदारीपत्रमा हस्ताक्षर भएपछि सन् २०१५ फेब्रुअरी १५ देखि प्रतिष्ठान पनि एनएसबीको रणनीतिक साझेदार बनेको छ । प्रतिष्ठानले विशेषतः एनएसबीको सम्वद्र्धन चरणअन्तर्गत पाठ्यक्रम निर्माण तथा प्रशिक्षण सम्बन्धी काममा सहकार्य गरिरहेको छ । चौधरी ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वको महत्वपूर्ण अंगका रूपमा चौधरी फाउण्डेसनमार्फत् विभिन्न परोपकारी काम गर्दै आएको छ । जसमध्ये सीजी एनएसबी संस्थागत सामाजिक उत्तरदायित्वमा मात्र सीमित नरही सामाजिक योगदानको माध्यम बनेको छ । लायन्स क्लब इन्टरनेशनल फाउण्डेसनले लायन्स क्लबहरूका विभिन्न गतिविधिमा अनुदान सहयोग गरी स्थानीय तथा विश्वव्यापीरूपमा मानवीय कार्य गर्दै आएको छ । चौधरी ग्रुप र लायन्स क्लब इन्टरनेशनल फाउण्डेसन वर्षौँदेखि आ–आफ्नै तरिकाले विभिन्न सामाजिक काममा सक्रिय छन् । दुई संस्थाबीच सन् २०१४ जुलाई ७ मा क्यानडाको टोरन्टोमा आयोजित लायन्सको अन्तर्राष्ट्रिय सभामा सम्झौतापत्रमा हस्ताक्षर भएपछि अहिले यो सहकार्यले व्यापक सामाजिक प्रभाव पार्ने तथा विकासका गतिविधिलाई तीब्र पार्ने लक्ष्य लिएको छ ।
समाजमा बढ्दै गएका सामाजिक सवालहरू यति जटिल र कठिन बन्दै गएका छन् कि सरकार वा परम्परागत समाजिक संस्था एक्लैले सम्बोधन गर्न नसक्ने अवस्था छ । यसका लागि सोसियल बिजनेसको नयाँ अवधारणा आएको छ, जसले आर्थिक दिगोपनासहित व्यवसायिक सिद्धान्त लागू गरेर सामाजिक सवालहरूको सम्बोधन गर्दछ । सोसियल बिजनेसका प्रणेता प्रोफेसर युनुसका अनुसार सोसियल बिजनेस भनेको मूलतः आर्थिक दिगोपनासहितको संस्थाले सामाजिक समस्याको समाधान गर्नु हो । जहाँ मूल लगानी फिर्ता गरिन्छ र सवै सम्भावित मुनाफालाई संस्थाको सामाजिक प्रभाव बढाउनका लागि पुनः लगानी गरिन्छ । सोसियल बिजनेस भनेको गैर सरकारी संस्था र व्यापारको संयुक्त रूप हो, जहाँ गैर सरकारी संस्थाको जस्तो उद्देश्य र व्यापारमा जस्तै आर्थिक दिगोपना हुन्छ । सोसियल बिजनेसबारे प्राध्यापक युनुसले प्रतिपादन गरेका सात सिद्धान्तहरू निम्नानुसार छन् ।
१. सोसियल बिजनेसको उद्देश्य गरिबी वा मानव जाति तथा समाजमा नकारात्मक प्रभाव पार्ने शिक्षा, स्वास्थ्य, प्रविधिमा पहुँच तथा वातावरणसँग सम्बन्धित समस्यासँग लड्नु हो । सोसियल बिजनेसको प्राथमिक उद्देश्य अत्याधिक मुनाफा वृद्धि गर्नु होइन ।
२. सोसियल बिजनेस सधैं अनुदानमा भर पर्ने नभई दीर्घकालीनरूपमा आर्थिक रूपमा समृद्ध हुनुपर्दछ ।
३. लगानीकर्ताले आफूले लगानी गरेको रकम मात्र फिर्ता पाउँछन् । लगानी गरिएको प्राथमिक पुँजीबाहेक उनीहरूलाई नाफा वा ब्याज भाग लगाउनु पर्दैन ।
४. लगानी फिर्ता भएपछि उक्त सोसियल बिजनेसले सम्पूर्ण मुनाफा कम्पनीको विस्तार तथा सामाजिक पक्षहरूको सुधारका लागि लगानी गर्दछ ।
५. सवै सोसियल बिजनेसहरू वातावरणीयरूपमा सचेत हुनुपर्दछ ।
६. सोसियल बिजनेसमा आबद्ध जनशक्तिले राम्रो काम गर्ने वातावरणसहित बजार सुहाउँदो पारिश्रमिक पाउँछन् ।
७. सोसियल बिजनेस मानिसहरूको जीवन सुधारका लागि खुसीका साथ सञ्चालन गरिन्छ ।

विकास कार्यका लागि दाताको लगानीमा अत्याधिक भर पर्ने नेपाल जस्तो देशमा सोसियल बिजनेस अबको बाटो बन्न सक्दछ । तसर्थ, सामाजिक प्रभाव र दिगोपनालाई केन्द्रित गर्दै सोसियल बिजनेसका माध्यमबाट हामीले नेपालको विकासलाई गति दिन सक्छौँ र सामाजिक समस्याहरूको सम्बोधन गर्न सक्छौँ भन्नेमा नेपाल सोसियल बिजनेस विश्वास गर्दछ ।
नेपाल सोसियल बिजनेसले युनुस सेन्टरसँग मिलेर काम गर्दै आएको छ । त्यसो त युनुस सेन्टरले सीजी एनएसबीको स्थापनाकालदेखि नै सँगै मिलेर काम गर्दै आएको छ । त्यसैले हामीले नोबेल पुरस्कार बिजेता प्राध्यापक मुहम्मद युनुसले प्रतिपादन गरेका सोसियल बिजनेसका सात सिद्धान्तहरूलाई अवलम्वन गर्दै आएका छौँ ।
नेपाल सोसियल बिजनेसको उद्देश्य नेपालमा सोसियल बिजनेसको प्रवद्र्धन गर्नु हो । हाम्रो लक्ष्य भनेकै नेपालमा सोसियल बिजनेसहरू सञ्चालन गर्नका लागि सहयोग पु¥याउनु हो । नेपाल सोसियल बिजनेसले सहायता गरेका सोसियल बिजनेस स्वयंले आफ्नो गति लिई आत्मनिर्भर हुनुका साथै सामाजिक समस्याको समाधान गर्न सकून् भन्ने हामीले अपेक्षा गरेका छौँ ।

 

Exception thrown

Template 'templates/form/web/widgets/#type.html' not found !